
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र जनगणतन्त्र लाओसका प्रधानमन्त्री सेनोक्साइ सिफानदोनबीच आज भेटवार्ता भएको छ ।
भेटमा आपसी हित र चासोका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।