२३ जेठ २०८३, शनिबार
बारको विरोध

न्यायपरिषद् बैठक चलिरहँदा छाता ओढेर बारको प्रदर्शन, न्यायाधीश सिफारिशमा चलखेल रोक्न माग

असोज ११, २०८१
काठमाडौं
न्यायपरिषद् बैठक चलिरहँदा छाता ओढेर बारको प्रदर्शन, न्यायाधीश सिफारिशमा चलखेल रोक्न माग

सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्ति सिफारिश गर्न अहिले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा न्यायपरिषद्‌ बैठक बसिरहेको छ । 

सचिवालयभित्र परिषद् बैठक बसिरहँदा बाहिर भने प्रवेशद्वार अगाडि नेपाल बार एसोसिएसनले विरोध प्रदर्शन गरिरहेको छ । 

बारका अध्यक्ष गोपाल कृष्ण घिमिरेको नेतृत्वमा विरोध प्रदर्शन भइरहेको हो । 

न्यायपरिषद्को संशोधित नियमावली खारेज गर्नुपर्ने, घर जान लागेका प्रधानन्यायाधीशले न्यायाधीश नियुक्ति गर्न नमिल्ने भन्दै बारले प्रदर्शन गरेको हो । 

null

असोज २० गते प्रधानन्यायाधीश श्रेष्ठ सेवानिवृत हुँदैछन् ।

अवकाशमा जाने बेलामा न्यायाधीश सिफारिश गरिछाड्ने प्रधानन्यायाधीश श्रेष्ठको अडान सम्बन्धमा नेपाल बार अध्यक्ष घिमिरेले गम्भीर प्रश्न उठाएका छन् ।

null

न्यायाधीश सिफारिशका लागि प्रधानन्यायाधीशले अतिरिक्त जोडबल गर्नुका पछाडि उनको कुनै स्वार्थ लुकेको हुन सक्ने घिमिरेको आरोप छ ।

न्यायपरिषद्‌ले चलखेल र भागबन्डागरी सर्वोच्चमा ६ जना र उच्च अदालतमा १६ जना न्यायाधीश नियुक्ति गर्न लागेको उनको जिकिर छ ।

salt training

कमेन्ट गर्नुहोस्