
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)का ग्राहकले दुसित थानी हिमालयन रिसोर्टमा आकर्षक छुट पाउने भएका छन् ।
एनआईएमबीका ग्राहकलाई फुड एन्ड बेवरेज र स्पा सर्भिसमा १५ प्रतिशतसम्म छुट दिने गरी एनआईएमबी र दुसित थानी धुलिखेलबीच सम्झौतामा भएको हो ।
छुट लिनका लागि ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाइल बैंकिङ)मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।
ग्राहकलाई डिजिटल माध्यम प्रयोग गरी भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरू बैंकले दिँदै आएको छ ।