२३ जेठ २०८३, शनिबार
सहकारी ठगी

इमेज सहकारी प्रकरण : ढोरपाटनका मेयर नेपाली दिल्लीमा पक्राउ, नेपाल ल्याउने तयारी

असोज ११, २०८१
काठमाडौं
इमेज सहकारी प्रकरण : ढोरपाटनका मेयर नेपाली दिल्लीमा पक्राउ, नेपाल ल्याउने तयारी

सहकारी ठगीका फरार अभियुक्त देवकुमार नेपालीलाई भारतको नयाँ दिल्लीमा पक्राउ परेका छन् ।​

इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी भएका नेपाली इमेज सहकारीका संस्थापक अध्यक्ष हुन् । 

बागलुङको ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका नेपालीविरुद्ध २०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोले रेड नोटिस जारी गरेको थियो। 

नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले नेपाली दिल्लीमा पक्राउ परेको र कूटनीतिक पहलमार्फत उनलाई नेपाल ल्याउने तयारी भइरहेको जानकारी दिए।

१५०० भन्दा बढी बचतकर्ताको डेढ अर्ब बढी अपचलन गरेको मुद्दा जिल्ला अदालत बागलुङमा विचाराधीन छ ।

salt training

कमेन्ट गर्नुहोस्