
काठमाडौंको दरबारमार्ग क्षेत्रमा रुख ढलेसँगै सडक अवरुद्ध भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन कार्कीका अनुसार हावा हुरी र लगातार वर्षाको कारण रुख ढलेको हो ।
अहिले महानगरपालिकाको नगर प्रहरी र ट्राफिकले ढलेको रुख पन्छाउने काम गरिरहेका छन् ।
कार्कीका अनुसार रुख ढले पनि भौतिक एवं मानवीय क्षति भएको छैन । उनले केही बेरमै बाटो सुचारु हुने बताए ।
