२९ जेठ २०८३, शुक्रबार

उपभोक्ताको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह

असोज ११, २०८१
काठमाडौं
उपभोक्ताको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले चाडपर्वमा आम उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्न तीनै तहका सरकार, स्थानीय प्रशासन, सुरक्षा निकायलगायत सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ । 

दशैं, तिहार र छठ पर्व नजिकिँदै जाँदा दैनिक उपभोग्य खाद्यान्न तथा अन्य वस्तुको बिक्री वितरणको अवस्था र उपलब्धता, सार्वजनिक यातायातको व्यवस्थापनलगायतका विषयमा आयोगले अनुगमन गरिरहेको उल्लेख गर्दै आयोगले सो आग्रह गरेको हो ।

'आम उपभोक्ताको अधिकार संरक्षणार्थ चाडपर्वको समयमा सर्वसाधारणको आवतजावतलाई सहज, सुलभ, मर्यादित, सुरक्षित र मानव अधिकारमैत्री बनाउन जरुरी छ,' आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ, 'सवारी साधनमा गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बिरामीलाई प्राथमिकता दिन, आम उपभोक्ताका आधारभूत आवश्यकताका सामग्रीको मूल्य निर्धारण र सहज पहुँचका लागि जिम्मेवार निकायबाट हुने अनुगमनलाई थप प्रभावकारी बनाउन तीनै तहका सरकार, स्थानीय प्रशासन, सुरक्षा निकायलगायत सम्बद्ध सबै पक्षलाई आग्रह छ ।'

आयोगले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन एवं सो अन्तर्गतका सुपथ मूल्यका पसल, सुपर मार्केट र खुद्रा किराना पसल तथा काठमाडौं उपत्यकाका बल्खु, कलङ्की, नयाँ बसपार्क, गौशाला र कोटेश्वर क्षेत्रमा रहेका यातायात व्यवसाय केन्द्र र सेवाग्राहीसँग जानकारी लिएको जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले सुपथ मूल्यका पसल सञ्चालन गरेको, दशैं, तिहार, छठ नजिकिँदै जाँदा तरकारीजन्य सामग्रीको मूल्यमा अत्यधिक वृद्धि हुँदै गएको र एकै प्रकारका सामान खुद्रा पसलमा भन्दा ठूला सुपरमार्केटमा मूल्य बढी रहेको रहेको पाइएको आयोगले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्