२९ जेठ २०८३, शुक्रबार

टिपर र एक्साभेटर त्रिशुली नदीको बीच भागमा फस्यो

असोज ११, २०८१
काठमाडौं
टिपर र एक्साभेटर त्रिशुली नदीको बीच भागमा फस्यो

गोरखाको गण्डकी गाउँपालिका–१ स्थित बुट्टारमा रहेको सुपर त्रिशूली आयोजना निर्माण कम्पनीको टिपर र एक्साभेटर नदीको बीच भागमा फसेको छ । 

 त्रिशुली नदीलाई दुई भंगालो बनाएर भएको टापुमा दुई दिनदेखिको वर्षाका कारण त्रिशूली नदीमा बाढी आउँदा आयोजनाका ३ वटा टिप्पर र ३ वटा एक्साभेटर फसेका हुन् । 

लगातारको वर्षातका कारण त्रिशूली नदीमा पानीको सतह तीव्र गतिमा बढिरहेकाले सवारीसाधन निकाल्न कठिनाइ भएको प्रहरीले जनाएको छ । 

कमेन्ट गर्नुहोस्