२८ असार २०८३, आइतबार

पाकिस्तानमा साम्प्रदायिक झडपः ३७ जनाको मृत्यु,  १५० भन्दा बढी घाइते

असोज ११, २०८१
काठमाडौं
पाकिस्तानमा साम्प्रदायिक झडपः ३७ जनाको मृत्यु,  १५० भन्दा बढी घाइते

पेशावर– पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा जारी साम्प्रदायिक झडपमा परी मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३७ पुगेको स्थानीय अधिकारीले शुक्रवार जानकारी दिएका छन् । झडपका घटनामा १५० भन्दा बढी घाइते भएका छन् ।

पहिले अर्ध–स्वायत्त क्षेत्र रहेको कुर्रम जिल्लामा इस्लामको सुन्नी र शिया सम्प्रदायसँग सम्बन्धित जनजातिबीच रक्तपातपूर्ण मुठभेड हुने गरेको छ । यहाँ वर्षौंदेखिको जातीय लडाइँका कारण सयौँले ज्यान गुमाएका छन् । 

जुलाईमा भएको झडपमा ३५ जनाको मृत्यु भएको थियो र जिरगा (आदिवासी सङ्गठन)ले युद्धविरामको आह्वान गरेपछि मात्र समाप्त भएको थियो।

कुर्रममा तैनाथ एक अधिकारीले नाम नबताउने शर्तमा एएफपीलाई बताएअनुसार सुरक्षा बल र स्थानीयले सहमतिका लागि गरेको प्रयासका बावजुद जिल्लाका १० क्षेत्रमा सशस्त्र भिडन्त जारी छ ।

उनले भने, ‘भूमि विवादको रूपमा शुरू भएको घटना पूर्ण साम्प्रदायिक झडपमा परिणत भएको छ । जसमा स्वचालित र अर्ध–स्वचालित हतियारका साथै मोर्टारको प्रयोग पनि भएको छ।’

उनका अनुसार ३७ जनाको मृत्यु भएको छ भने १५३ जना घाइते भएका छन् । प्रान्तीय राजधानी पेशावरमा तैनाथ सुरक्षा अधिकारीले झडपका क्रममा २८ घरमा क्षति पुगेको बताए । 

पाकिस्तानमा आदिवासी र पारिवारिक कलहका घटनामा हरेक वर्ष सयौँको सङ्ख्यामा नागरिकले ज्यान गुमाउने गरेका छन् । 

तथापि, खैबर पख्तुनख्वाको पहाडी उत्तरपश्चिमी क्षेत्रमा जातीय द्वन्द्व विशेषगरी लामो र हिंस्रक हुने गर्छन् । यहाँ समुदायहरूले परम्परागत आदिवासीका स्थानीय नियम र कानूनलाई पालना गर्छन्।

सुन्नी मुस्लिम बहुल देश पाकिस्तानमा आफूहरूले लामो समयदेखि भेदभाव र हिंसा भोग्दै आएको शिया समुदायले बताउने गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्