
अविरल वर्षापछिको बाढी पहिरोमा परी शनिबार दिउँसो २ बजेसम्म काठमाडौं उपत्यकाका ३ जिल्लामा मात्रै ३२ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ ।
काठमाडौंमा ११, ललितपुरमा १६ र भक्तपुरमा ५ जनाको मृत्यु भएको मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।
काठमाडौंमा १० जना घाइते हुँदा ५८९ जनाको उद्धार गरिएको छ । ललितपुरमा ५ जना घाइते हुँदा ४१६ जनाको उद्धार गरिएको गृहमन्त्रालयको भनाइ छ ।
भक्तपुरमा २ जना घाइते हुँदा ४८ जनाको उद्धार गरिएको छ ।
उद्धारका लागि ४ हजार ५१० जना सुरक्षाकर्मी परिचालन गरिएको गृहमन्त्रालयले जनाएको छ ।
काठमाडौं जिल्लामा मात्रै १२४४ घर डुबानमा परेका छन् ।
काठमाडौंमा ४ वटा र ललितपुरमा एउटा घर भत्केको मन्त्रालयले जनाएको छ ।