
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बाढि पहिरोका कारण अवरुद्ध यातायात जति सक्दो चाँडो सहज बनाउन निर्देशन दिएका छन् । सम्वद्ध निकायहरु विच समन्वय गरि सडक तथा यातायात क्षेत्र सहज बनाउन उनले निर्देशन दिएका हुन् ।
अबिरल वर्षा पछि आएको बाढी र पहिरोका कारण विभिन्न राजमार्गमा क्षति पुर्याउनका साथै कतिपय पुल समेत बगाए पछि उत्पन्न परिस्थितिलाई ध्यान दिई सडक मर्मत तथा व्यवस्थापनमा जुट्न उनको निर्देशन छ । मौषमी प्रतिकुलताका कारण उत्पन्न भएको परिस्थितिमा सवै पक्षले सहकार्य र समन्वय गरि सहज स्थिति निर्माणमा जुट्नु पर्ने पनि उनले बताए ।
अबिरल वर्षा र बाढिका कारण २३ राजमार्गका ६४ स्थानमा सडक अवरुद्ध भएको मन्त्रालयले जनाएको छ ।