०६ असार २०८३, शनिबार

बाढीमा परी एक युवाको मृत्यु

असोज १२, २०८१
महोत्तरी
बाढीमा परी एक युवाको मृत्यु

 महोत्तरीको चुरेकाछका बासिन्दा एक २१ वर्षीय युवाको बाढीमा परी मृत्यु भएको छ । बर्दिबास–१० को चुरेकाछको झ्याउरेभाङ्ग्रेका मानबहादुर थिङ्को आज बाढीले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासले पुष्टि गरेको छ । 
    
आज शनिबार बिहान १० बजेतिर आफ्नै बस्ती नजिकको शिरखोला तर्ने क्रममा बाढीले बगाएका थिङ्को पाँच किलोमीटर दक्षिण खयरमारा बजार नजिकको खयरमारा खोला किनारको झाडीमा साँझ शव फेला परेको हो । शिरखोला तल खयरमारा खोलामा मिसिएपछि चार किलोमीटर तल शव पाखा लागेको अवस्थामा स्थानीयले देखेर आफूलाई खबर गरेका इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । 

कमेन्ट गर्नुहोस्