२५ जेठ २०८३, सोमबार

कोसी ब्यारेजमा पानीको बहाव झण्डै ६ लाख क्युसेक, पुलमाथिबाट पानी बग्यो

असोज १२, २०८१
सुनसरी
कोसी ब्यारेजमा पानीको बहाव झण्डै ६ लाख क्युसेक, पुलमाथिबाट पानी बग्यो

कोसी ब्यारेज भएर बग्ने पानीको बहाव झण्डै छ लाख क्युसेक पुगेको छ ।

पछिल्लो समय कोसी ब्यारेज कन्ट्रोल रुमले गरेको मापनअनुसार पाँच लाख ९० हजार ३८५ क्युसेक पुगेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए । 

कोसी ब्यारेज भएर पानीको बहाब अत्यधिक बढेपछि पुलमाथिबाट पानी बगेको छ । बाढी कोशीको पुलमाथिबाट पनि बगेको उनले जानकारी दिए। 

बाढीको बहाव उच्च भएपछि कोशीमा सवारी आवतजावत पनि बन्द गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । 

कोसी ब्यारेजमा पानीको बहाव बढेपछि ब्यारेजको ५२, सुनसरी नहरको दुई र सप्तरीतर्फ नहरको दुई गरेर ५६ वटै ढोका खोलिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्