२८ जेठ २०८३, बिहीबार
बस सम्पर्कविहीन

गोरखाबाट काठमाडौंका लागि छुटेको बस तीन दिनदेखि सम्पर्कविहीन

असोज १३, २०८१
काठमाडौं
गोरखाबाट काठमाडौंका लागि छुटेको बस तीन दिनदेखि सम्पर्कविहीन

गोरखाबाट काठमाडौंका लागि छुटेको एउटा बस तीन दिनदेखि सम्पर्कविहीन भएको छ ।

शुक्रवार धार्चे गाउँपालिका–७ लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस सम्पर्कविहीन भएको गोरखा प्रहरीले आइतवार जनाएको छ ।

उक्त बस शुक्रवार राति १० बजे धादिङको नौबीसेसम्म आएपछि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय, गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले लोकान्तरलाई जानकारी दिए । 

उनका अनुसार उक्त बस लापुबेसीबाट बिहान ७ बजे छुटेको थियो । 

‘मुग्लिनसम्म आउँदा चालकसहित ३–४ जना यात्रु रहेको पाइएको छ । त्यसयता बसमा कति यात्रु चढे थाहा भएन । नौबीसे आएपछि सम्पर्कविहीन भएको छ,’ उनले भने ।

बसको खोजी कार्य जारी गरेको डीएसपी श्रेष्ठले बताए । 
 
 

salt training

कमेन्ट गर्नुहोस्