
स्थानीय बजारमा आइतवार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आइतवार सामान्य गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवार प्रतितोला एक लाख ६१ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आइतवारका लागि भने एक लाख ६० हजार ६०० निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । शुक्रवार प्रतितोला एक हजार ९५५ मा कारोबार भएको चाँदी आइतवारका लागि भने एक हजार ९४५ निर्धारण भएको छ ।