०४ असार २०८३, बिहीबार

भ्रष्टाचार मुद्दामा विशेषको फैसालाविरुद्ध सर्वोच्चमा अख्तियारको पुनरावेदन

असोज १५, २०८१
काठमाडौं
भ्रष्टाचार मुद्दामा विशेषको फैसालाविरुद्ध सर्वोच्चमा अख्तियारको पुनरावेदन

बाराको जीतपुरसिमरा उपमहानगरपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईंसहित दुई वटा सप्लायर्सविरुद्ध विशेष अदालतमा दर्ता भएको भ्रष्टाचार मुद्दामा सफाई दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दिएको छ । 

आयोगले २०७९ असार १० गते तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईंविरुद्ध २ करोड २० लाख २८ हजार ९० रुपैयाँ राजस्व रकम चुहावट गरेको आरोपमा मुद्दा दायर गरेको थियो । सेढाइले बालगंगा खोलाबाट खोलाजन्य पदार्थ उत्खनन गर्न न्यू पाथिभरा सप्लायर्सलाई दिएको राजस्व रकम १ करोड २० लाख २८ हजार ९० रुपैयाँ र पसाहा खोलाबाट खोलाजन्य पदार्थ उत्खनन गर्न न्यू पाथिभरा सप्लायर्सलाई दिएको राजस्व रकम ९९ लाख ९९ हजार ९९९ रुपैयाँ गरी  २ करोड २० लाख २८ हजार ९० रुपैयाँ राजस्व रकम चुहावट गरी भ्रष्टाचार गरेको अख्तियारको आरोप थियो ।

आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियका अनुसार आयोगले न्यू पाथिभरा सप्लायर्स, हेटौंडा–४, मकवानपुरकी प्रोपाइटर मीनाकुमारी श्रेष्ठविरुद्ध १ करोड ६६ लाख ७२ हजार ६ सय रुपैयाँ र ओम सप्लायर्सका प्रोपाइटर ओम शंकर प्रसादविरुद्ध १ करोड ३८ लाख ९९ हजार ९९८ रुपैयाँ बिगोे र कैद सँजायको मागदावीसहित मुद्दा दायर गरेको छ । 

तर, विशेषले २०८० माघ ८ गते उनीहरुलाई सफाई दिएको थियो । विशेषले तथ्य प्रमाण र मुचुल्काको समेत अध्ययन नगरि प्रतिवादीहरुलाई सफाई दिएको भन्दै उक्त फैसला बदर भागीको माग गर्दै आयोगले पुनरावेदनमा निवेदन दिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्