२२ जेठ २०८३, शुक्रबार
मौसम पूर्वानुमान

आजदेखि दुई दिन वर्षाको सम्भावना: मौसमविद् भन्छन्- गत साताजस्तो लगातार झरी पर्दैन, नआत्तिनू

असोज १६, २०८१
काठमाडौं
आजदेखि दुई दिन वर्षाको सम्भावना: मौसमविद् भन्छन्- गत साताजस्तो लगातार झरी पर्दैन, नआत्तिनू

सुनसरी, मोरङ र उदयपुर आसपासका क्षेत्रमा मध्यम वर्षा भएको छ । टरहरा वर्षामापन केन्द्र र उदयपुरगढी वर्षामापन केन्द्र र आसपासमा गएराति मध्यम वर्षा भएको मौसम विज्ञान विभागले जनाएको छ । यसैगरी मोरङको केराबारी वर्षामापन केन्द्रमा मध्यम वर्षा मापन भएको छ ।

महाशाखाका अनुसार यी आसपास भई बहने स-साना खोलामा बहाब केही बढ्ने सम्भावना छ । 

मौसम विज्ञानले आज र भोलि मुलुकको विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको बताएको छ। तर, अविरल वर्षाको सम्भावना भने नभएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ​

मौसमविद् गोविन्द झाले कोशी प्रदेशका केही स्थान, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जानकारी दिए । 'कोशी, बागमती र गण्डकी प्रदेशकै केही स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ,' उनले भने, 'तर गत साताजस्तो लगातार झरी पर्दैन, कति सर्वसाधारणमा त्रास फैलिएको पाइयो तर आत्तिनु पर्दैन ।'

महाशाखाले जारी गरेको तीनदिने मौसमी बुलेटिनमा देशभर मनसुनी वायु र भारतको उत्तर–पूर्व असाम र आसपासका क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको उल्लेख छ ।

हाल कोशी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

साथै कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्