०५ असार २०८३, शुक्रबार

उज्यालोमै नारायणगढ पुग्नेगरी काठमाडौंबाट बस छुटाइने

असोज १६, २०८१
काठमाडौं
उज्यालोमै नारायणगढ पुग्नेगरी काठमाडौंबाट बस छुटाइने

काठमाडौंबाट छुटेका सवारीसाधन उज्यालोमै नारायणगढ पुग्नेगरी यातायात व्यवस्थापन गरिने भएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको अध्यक्षतामा मंगलबार बसेको सरोकारवाला प्रतिनिधिबीचको छलफलले सवारीसाधन छुटेपछि परिस्थिति हेरी उज्यालोमै आफ्नो सवारी साधन नारायणगढ पुग्नेगरी समय व्यवस्थापन गर्न यातायात व्यवसायीलाई अनुरोध गर्ने र सुरक्षा निकायले सोही अनुरूप यातायात व्यवस्थापनमा सहजीकरण गर्नेसहित १० बुँदे निर्णय गरेको हो । 

छलफलमा प्रहरी, यातायात मजदुर तथा यातायत व्यवसायीको सहभागिता थियो ।

बैठकले मध्यम तथा लामो दुरीमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनले आफ्नो सवारीमा अत्यावश्यकीय प्राथामिक स्वास्थ्य उपचारका सामग्री, पिउने पानी तथा अत्यावश्यक अवस्थामा खान मिल्ने खाने कुरा राखेर मात्र सवारी सञ्चालन गर्न यातायात व्यवसायीलाई अनुरोध गर्ने निर्णय पनि गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्