२३ जेठ २०८३, शनिबार

इजरायलमा हमला गरेपछि इरानका सडकमा उत्सव

असोज १६, २०८१
काठमाडौं
इजरायलमा हमला गरेपछि इरानका सडकमा उत्सव

इरानले इजरायलमा मिसाइल हमला गरेपछि राजधानी तेहरानका सडकमा मानिसहरूले खुसी मनाएका छन् । बेलायती दूतावासबाहिर पनि केही मानिसहरू भेला भएका थिए । मानिसहरूले त्यहाँ पनि उत्सव मनाएका छन् ।

धेरै मानिसहरूको हातमा हिजबुल्लाह नेता नसरल्लाहको फोटो पनि देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । कतिपयले पटाका समेत जलाएका थिए ।

हसन नसरल्लाह केही दिन अघि इजरायली आक्रमणमा मारिएका थिए ।

यसैबीच, इरान र इजरायलका राजदूतहरूले संयुक्त राष्ट्र संघमा आफ्नो धारणा राखेका छन् । संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूतले इजरायलको थप कारबाहीको उचित जवाफ दिइने चेतावनी दिएका छन् ।

यसैबीच इरानले इजरायलमा मिसाइल आक्रमण गरेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बदला लिने बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्