
स्रोत नखुलेको ११ लाख ८१ हजार ३ सय रूपैयाँसहित १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा महोत्तरीको साम्सी गाउँपालिका- ६ साम्सीगाउँका ४२ वर्षीय शेष हसमत अली छन् ।
उनलाई महोत्तरीको मनरासिसवा नगरपालिका- २ भोल्ही चोकबाट मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी ईटहर्वाकट्टीबाट खटिएको प्रहरीले प्र २-०२-००५ प ५९९५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगदसहित पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।