०६ असार २०८३, शनिबार

सुनकोशीको बाढीले डुब्यो मूलकोटको क्वालिटी रिसोर्ट, ३५ होटलमा क्षति

असोज १६, २०८१
काठमाडौं
सुनकोशीको बाढीले डुब्यो मूलकोटको क्वालिटी रिसोर्ट, ३५ होटलमा क्षति
तस्वीर : राधिका बुढाथोकी/रासस

​सुनकोशी नदीमा आएको बाढीले सिन्धुलीको सुनकोशी गाउँपालिका- ५ मूलकोट बजार क्षेत्रका ३५ वटा होटलमा क्षति पुगेको छ ।

मूलकोट बजार क्षेत्रमा सञ्चालित चार वटा रिसोर्टसहित ३५ वटा होटलमा बाढीले क्षति पुर्‍याएको हो । 

शुक्रबार र शनिबारको बाढीले रिसोर्ट र होटलका कतिपय संरचना र सामानहरू बगाएको छ । 

null

कोरोना महामारीका बेला निर्माण थालिएको क्वालिटी रिसोर्टको लगानीकर्ता शुरूमा २२ जना थिए । तर पछिल्लो समय उक्त रिसोर्टको लगानीकर्ता ४२ जना पुगेका थिए ।

करिब २५ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा ३० करोडभन्दा बढी लगानी रहेको थियो । 

१०२ वटा कोठा रहेको क्वालिटीमा ५ सय क्षमताको व्याङक्वेट र सेमिनार हल, साउना र रेनिङ डान्सको पनि सुविधा रहेको थियो ।

रामेछाप, ओखलढुंगा, खोटाङ, सोलुखुम्बुलगायतका जिल्ला घुमेर फर्किने पर्यटकले रिसोर्टलाई बास बस्ने उत्तम गन्तव्य बनाउने गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्