१५ असार २०८३, सोमबार

बाढी पहिरो पीडितका लागि चिनियाँ रेडक्रसले गर्‍यो १ लाख अमेरिकी डलर सहयोग

असोज १६, २०८१
काठमाडौं
बाढी पहिरो पीडितका लागि चिनियाँ रेडक्रसले गर्‍यो १ लाख अमेरिकी डलर सहयोग

चिनियाँ रेडक्रस सोसाइटीले विपद्का घटनामा परेका नागरिकहरूको सहयोगका लागि एक लाख अमेरिकी डलर सहयोग गरेको छ ।

बुधबार नेपालका लागि चिनियाँ राजदूत चेन सङले गृह मन्त्रालयमार्फत उक्त रकम नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेका छन् ।

पछिल्लो समय बाढी, पहिरो र डुबान लगायत प्राकृतिक विपत्तिमा परेका नागरिकहरूको सहयोगका लागि गृह मन्त्रालयमार्फत नेपाल रेडक्रस सोसाइटीलाई उक्त रकम हस्तान्तरण गरेको गृह मन्त्रालयले जनाएको छ ।

चेक हस्तान्तरणका क्रममा बोल्दै राजदूत सङले विपद्‌मा परी ज्यान गुमाउने नागरिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना व्यक्त गरेका छन् ।

उनले विपद्‌मा चिनियाँ सरकारले थप सामग्रीसमेत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्