१२ असार २०८३, शुक्रबार

दक्षिण कोरियाद्वारा पोल्यान्डबाट ‘आत्मघाती ड्रोन’ किन्ने सम्झौतामा हस्ताक्षर

असोज १६, २०८१
काठमाडौं
दक्षिण कोरियाद्वारा पोल्यान्डबाट ‘आत्मघाती ड्रोन’ किन्ने सम्झौतामा हस्ताक्षर

दक्षिण कोरियाली सेनाले बुधबार पोल्यान्डबाट साना पोलिश–निर्मित स्व–विनाशक ‘आत्मघाती ड्रोन’ खरिद गर्न सम्झौतामा हस्ताक्षर गरेको बताएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार ती ड्रोनलाई यसैभित्र अग्रिम पङ्क्तिक एकाइहरूमा तैनाथ गरिने छ । 

योनहाप समाचार एजेन्सीका अनुसार कम लागतका तर प्रभावकारी हतियारहरूले मुलुकको सेनालाई राम्रोसँग सुसज्जित गर्ने उद्देश्यले यो कदम चालिको हो । यसलाई उत्तर कोरियाले द्रुत रूपमा विकास गर्न खोजिरहेको छ ।

ग्येर्योङस्थित सैनिक मुख्यालयमा आयोजित पाँच दिने कोरिया सेना अन्तर्राष्ट्रिय रक्षा प्रदर्शनको अवसरमा पोलिश रक्षा कम्पनी डब्लुबी इलेक्ट्रोनिक्स एसएसँग उक्त सम्झौतामा हस्ताक्षर गरिएको थियो । 

दक्षिण कोरियाले नोभेम्बरमा वारमेट ड्रोनहरूको ढुवानी सुरु गर्ने र तिनीहरूलाई यस वर्षको अन्त्यसम्ममा तैनाथ गर्ने योजना बनाएको योनहापले बताएको छ । 

“हामीले कुन ड्रोनहरू छिटो ढुवानी गर्न सकिन्छ भनेर व्यापक खोजी गर्यौँ र पोलिश ड्रोनहरू मात्र एक जवाफ थियो”, दक्षिण कोरियाली मन्त्रालयका एक अधिकारीले भने । उनले पोल्यान्डले रुससँगको युद्धमा युक्रेनलाई लगातार यस्ता ड्रोनहरू आपूर्ति गरेको बताए । 

योनहापका अनुसार लोइटरिङ गोलाबारुद पनि भनिने आत्मघाती ड्रोनहरू आधुनिक युद्धमा महत्त्वपूर्ण हतियारका रूपमा उदाएका छन् किनकि तिनीहरू तुलनात्मक रूपमा कम लागतमा ट्याङ्क र अन्य लक्ष्यहरूमा आक्रमण गर्न सक्छन् । 

अगस्टमा उत्तर कोरियाली नेता किम जोङ–उनले विभिन्न ड्रोनहरूको परीक्षणको निरीक्षण गर्दै र युद्धका लागि राम्रोसँग तयार हुन थप आत्मघाती ड्रोनहरूको विकास र उत्पादनको आह्वान गरेका थिए । 

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले दुईवटा सेतो आत्मघाती आक्रमणकारी ड्रोनले दक्षिण कोरियाली के–२ ट्याङ्क जस्तो देखिने एउटा नक्कली लक्ष्यमा प्रहार गरी नष्ट गरेको तस्बिरहरू जारी गरेको थियो । उत्तर कोरियाले त्यस्ता ड्रोनहरूको तस्बिर सार्वजनिक गरेको यो पहिलो पटक थियो । 

salt training

कमेन्ट गर्नुहोस्