
आजबाट चलचित्र ‘बेहुली फ्रम मेघौली’ रिलिज भएको छ । घटस्थापनाको अवसर पारेर आजबाट चलचित्र रिलिज भएको हो ।
‘बेहुली फ्रम मेघौली’ले नेपालमा अहिलेसम्मकै बढी शो पाएको छ । वितरक अशोक शर्माका अनुसार देशभरका हलमा ‘बेहुली फ्रम मेघौली’ले ३३५ भन्दै धेरै शो पाएको हो ।
स्वस्तिमा खड्का र निश्चल बस्नेतको मुख्य भूमिका रहेको चलचित्र सजन काफ्ले र आकाश बरालले निर्देशन गरेका छन् ।
चलचित्रमा बसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, टीका पहारीलगायतको पनि अभिनय रहेको छ ।
चलचित्रले उमेर पुगेकी युवतीमाथि समाज र परिवारले विवाहका लागि दिने दबाब र त्यसपछिको उत्पन्न परिस्थितिको कथा पेस गर्नेछ ।