२५ जेठ २०८३, सोमबार

धारावासीको ‘अर्धकट्टी’ र तिवारीको ‘९६ गड्डी’ कृति सार्वजनिक

असोज १७, २०८१
काठमाडौं
धारावासीको ‘अर्धकट्टी’ र तिवारीको ‘९६ गड्डी’ कृति सार्वजनिक

लेखकद्वय कृष्ण धारावासी र प्रकाश तिवारीको नविनतम कृति सार्वजनिक गरिएको छ । धारावासीको आफ्नो जीवनीमा आधारित कृति अर्धकट्टी र तिवारीको उपन्यास ९६ गड्डी एकसाथ सार्वजनिक भएको हो । 

काठमाडौंमा बुधबार साहित्यकार वैरागी काइला, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र पूर्वप्रध्यान्यायधीश गोपाल पराजुलीलले दुवै कृतिको विमोचन गरेका हुन् ।

पैरवी प्रकाशनले प्रकाशित गरेको पुस्तकबारे बोल्दै लेखक धारावासीले आफ्ना जीवनका विभिन्न आयामहरूबारे यसअघिको आधा बाटो र पाण्डुलीपिमा रहेको भन्दै अर्धकट्टी त्यसैको निरन्तरता रहेको बताए। 

उनले आफ्नो जीवनमा जोडिएका विभिन्न मान्छे र घटनाबारे कृतिमा उल्लेख गरेको बताए । ‘पुस्तकमा करिब २ हजार व्यक्तिहरूको नाम छ । जोसँग म जीवनको यात्रामा जोडिएँ’, उनले भने । 

त्यसैगरी तिवारीले आफ्नो पुस्तकमा नेपालमा कर्मचारीतन्त्रभित्र हुने भ्रष्टाचार विषय उल्लेख गरेको बताए । '४६ सालदेखि उपन्यासको कथा शुरू हुन्छ । एउटा व्यक्तिले कसरी धनको लालसामा आफूलाई भ्रष्ट बनाउँछ भन्ने कुरा पुस्तकमा उल्लेख गरेको छु’, उनले भने । 

दुवै पुस्तकबारे बोल्दै लेखक अमर न्यौपानेले यी कृतिले नेपाली साहित्यमा थप भूमिका खेल्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्