२५ असार २०८३, बिहीबार

दशैँ–तिहारका अवसरमा सीजी नेटले ल्यायो ‘हातै खाली नरहने’ अफरहरूको बहार

असोज १७, २०८१
काठमाडौं
दशैँ–तिहारका अवसरमा सीजी नेटले ल्यायो ‘हातै खाली नरहने’ अफरहरूको बहार

दशैँ, तिहार, छठ तथा इद पर्वको अवसरमा सीजी नेटले आफ्ना ग्राहकका लागि विभिन्न अफर ल्याएको छ । असोज र कात्तिकमा इन्टरनेट सेवा नवीकरण र नयाँ जडान गर्दा सीजी नेटले ‘हातै खाली नरहने’ अफरहरू लिएर आएको हो ।

यस अफरमा सीजी नेटका सम्पूर्ण ग्राहकले फास्टेस्ट इन्टरनेट सेवासँगै ३ महिनासम्मको बोनस, १५०० सम्मको नगद छुट, इन्स्ट्यान्ट क्यासब्याक र फ्री वाई–फाई–६ अपग्रेड पनि पाउन सक्ने कम्पनीले जनाएको छ । 

हातै खाली नरहने यस अफरका साथमा सीजी नेटको १०१ एमबीपीएसको वार्षिक नवीकरण तथा नयाँ जडान गर्ने ग्राहकहरूले शुरूवाती मूल्य ९ हजार ९९९ मा स्मार्ट बल्ब निःशुल्क पाउनेछन् । १५० एमबीपीएस र २५० एमबीपीएसको नवीकरण तथा नयाँ जडान गर्दा शुरूवाती मूल्य १२ हजार ४९९ मा अत्याधुनिक क्लोज सर्किट टेलिभिजन (सीसीटीभी) निःशुल्क पाउनेछन् । यसैगरी ३५० एमबीपीएस र ६६६ एमबीपीएसको वार्षिक नवीकरण तथा नयाँ जडान गर्दा शुरूवाती मूल्य १४ हजार ४९९ मा दुवैथोक निःशुल्क पाइने छ ।

‘नेपालका अधिकांश शहरमा सस्तो, छिटो, र गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्दै आएको यस कम्पनीले आफ्ना ग्राहकहरूलाई दैनिक रूपमा सीजी डिजिटल, मिनिसो, फरएभर योङ, कस्पेरस्काई एन्टिभाइरस, नेपाल टी कलेक्टिभ्स र क्लास्सिक डायमन्डका सामान खरिदमा ७० प्रतिशतसम्मको छुटको व्यवस्था गरेको छ,’ कम्पनीले जनाएको छ, ‘साथै, चैतन्य स्पाः र पठावबाट सेवा लिँदा पनि यति नै मात्राको छुट उपलब्ध गराइएको छ ।’ 

त्यस्तैगरी, नवीकरण तथा नयाँ जडान गर्ने ग्राहकहरूले साप्ताहिक रूपमा ५० हजार रुपैयाँ मूल्य बराबरका मिनिसो र फरएभर योङ ब्रान्डका सामान उपहारस्वरूप प्राप्त गर्न सक्नेछन् । साथै, नोथिङ ब्रान्डको सीएमएफ फोन–१, एयरबर्ड, र मिराया रिसोर्टमा एकरातको आकर्षक प्याकेज पनि घोषणा गरिएको छ ।

कम्पनीले योजनाअन्तर्गत आफ्ना ग्राहकलाई मासिक रूपमा वासिङ मशिन, माइक्रोवेब ओभन, तथा बम्पर उपहार योजनाअन्तर्गत हिरोको जूम स्कूटर उपहारस्वरूप घोषणा गरेको छ ।  

salt training

कमेन्ट गर्नुहोस्