२२ जेठ २०८३, शुक्रबार

चोरी भएका देवमूर्तिका बारेमा निर्मित बृत्तचित्रको पहिलो प्रदर्शनः हेर्न आए विभिन्न देशका राजदूत

असोज १७, २०८१
काठमाडौं
चोरी भएका देवमूर्तिका बारेमा निर्मित बृत्तचित्रको पहिलो प्रदर्शनः हेर्न आए विभिन्न देशका राजदूत

नेपालबाट हराएका देवमूर्तिहरूका बारेमा अमिताभ जोशीद्वारा निर्देशित बृत्तचित्र ‘के तपाईंले मेरो देवता देख्नु भयो (ह्याब यू सिन माई गड) ?’ को पहिलो प्रदर्शन भएको छ । 

null

उक्त बृत्तचित्रको पहिलो प्रदर्शन बुधवार काठमाडौंको ठमेलस्थित छाँया सेन्टरको क्यूएफएक्स सिनेमा हलमा भएको हो । 

बृत्तचित्र हेर्न अमेरिकन, अष्ट्रेलियन, युरोपियन युनियन, मलेसियन र बेलायती राजदूतावासका कूटनीतिज्ञलगायत विभिन्न संघसंस्थाका विशिष्ट व्यक्ति गरी १३० जना उपस्थित थिए । 

null

उक्त बृत्तचित्रले नेपालबाट विभिन्न समयमा चोरी भइ विदेश लगिएका र अनुसन्धानपश्चात प्राप्त भएका देवताका मूर्तिहरूलाई नेपाल फर्काउने पहल तथा त्यसको सांस्कृतिक महत्वका बारेमा विभिन्न तथ्य उजागर गरेको छ ।

null

यो बृत्तचित्र अझै पूर्ण रूपमा निर्माण हुन भने बाँकी नै रहेको निर्देशक जोशीले बताए । ‘यो केवल एक बृत्तचित्र मात्र नभइ हराएका वा चोरिएका मूर्तिहरूलाई नेपालमा फिर्ता ल्याउने अभियानको शुरूवाती चरण हो । खोज तथा अनुसन्धानको निरन्तरता अझै आवश्यक छ,’ उनले भने ।

null 

सो बृत्तचित्रका बारेमा वरिष्ठ पत्रकार कनकमणि दीक्षित र अलिसा सिजापति, जुगैल सिक र जोय डेभिसले आफ्नो धारणा राखेका थिए । उनीहरूले नेपालका सांस्कृतिक सम्पदाहरू स्वदेश फिर्ता ल्याइ संग्राहालयमा राख्न गरिएका प्रयासहरूमध्ये सबैभन्दा सराहनीय प्रयास यो बृत्तचित्र भएको र यसले उक्त कार्यमा सहयोग पुर्याउनमा कोशेढुंगाको काम गर्नेसमेत बताए ।

null 

उक्त बृत्तचित्र प्रदर्शनको प्रायोजन दया फाउन्डेशन, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र नेपाल कला परिषदले गरेको हो । उक्त कार्यक्रमको संयोजन दया फाउन्डेशनकी पूर्वअध्यक्ष एवं कल्चर विभागकी प्रमुख निभा माथेमा प्रधानले गरेकी थिइन् ।

null 

बृत्तचित्र प्रदर्शनपछि प्रधानले दर्शकदीर्घा एवं निर्मातासँग प्रश्नोत्तर कार्यक्रम गरेकी थिइन् । यसले बृत्तचित्रको औचित्यताका बारेमा थप प्रकाश पारेको थियो । सांस्कृतिक सम्पदाको महत्व र त्यसलाई पुनः प्राप्तिको प्रयासलाई उजागर गर्दै उक्त बृत्तचित्रले सन् १९८४ मा पाटनको लक्ष्मी–नारायणको चोरी भएको मुर्तिलाई सन् २०२१ मा फिर्ता ल्याइ पुनःस्थापित गरिएको घटनालाई रोचक ढंगले पस्किएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्