काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम थोक मूल्य प्रतिकिलो १४० र गोलभेँडा सानो लोकलको १०० रुपैयाँ कायम भएको छ ।
यसैगरी आलु रातोको ८४, आलु रातो भारतीयको ६२, प्याज सुकेको भारतीयको ११५, अनारको ४००, सुकेको लसुन ३१०, स्याउ(झोले)को २२०, स्याउ फुजीको ३०० रुपैयाँ कायम भएको छ ।
