०३ साउन २०८३, आइतबार

हरियाणा चुनावमा 'जेरी वार'– कांग्रेस हारेपछि राहुल गान्धीलाई किन पठाइँदैछ किलोका किलो उपहार ?

असोज २३, २०८१
काठमाडौं
हरियाणा चुनावमा 'जेरी वार'– कांग्रेस हारेपछि राहुल गान्धीलाई किन पठाइँदैछ किलोका किलो उपहार ?

भारतको हरियाणामा विधानसभा चुनावको परिणाम आउने दिन मंगलबार जलेबी (जेरी)को निकै चर्चा भयो। 

भारतीय जनता पार्टी (भाजपा)ले तेस्रोपटक चुनाव जित्दै देशभर विजयको खुशियालीमा जलेबी बाँड्यो। यति मात्र नभएर भाजपाले एक किलोग्राम जलेबी कांग्रेस आईका नेता राहुल गान्धीको निवासमा समेत पठायो।

वास्तवमा, हरियाणा चुनावमा पहिलोपटक जलेबीको चर्चा राहुलले नै गरेका थिए।

गोहाना र्‍यालीमा कांग्रेस सांसद दीपेन्द्र सिंह हुड्डाले राहुल गान्धीलाई मातूरामको जलेबी उपहार दिएका थिए। राहुलले त्यस जलेबीको स्वादको निकै तारिफ गरेका थिए र यसको निर्यातसम्बन्धी कुरा पनि गरेका थिए।

भाजपा हरियाणाले सामाजिक सञ्जाल प्लेटफर्म X (पहिलेको ट्विटर) मा लेखेको थियो– 'पार्टीका सबै कार्यकर्ताको तर्फबाट राहुल गान्धीका लागि बीकानेरवालाको एक किलो जलेबी उनको घरमा पठाइएको छ।'

हरियाणा चुनावमा जलेबीको प्रवेश कसरी भयो?

गोहाना र्‍यालीको मञ्चमा मातूरामको जलेबीको तारिफ गर्दै राहुल गान्धीले रोजगारीको विषयमा भाजपामाथि निशाना साँधेका थिए ।

उनले भनेका थिए, 'प्रियंका (गान्धी) लाई जलेबी मनपर्छ। म आफूले खाएपछि उनलाई म्यासेज पठाएँ र भनें– आज मैले आफ्नो जीवनकै उत्कृष्ट जलेबी खाएँ। म तिमीलाई पनि एक डिब्बा लिएर आउनेछु ।'

उनले उक्त जलेजी निर्यात गर्ने कुरा पनि गरेका थिए ।

मंगलबार (अक्टोबर ८) को बिहान चुनाव परिणामको शुरूआती रुझान आउँदै गर्दा हरियाणा कांग्रेसले X मा एउटा पोस्ट लेख्यो- 'राम-राम हरियाणा, जलेबी दिवसको शुभकामना !' 

त्यतिबेला कांग्रेस झण्डै बहुमतको नजिक थियो । जसै समय बित्दै गयो, परिणामले नयाँ मोड लिन थाल्यो ।

अन्ततः भाजपाले तेस्रोपटक चुनाव जितेर ह्याट्रिक गर्‍यो । देशभरका भाजपा नेताहरू विजयको खुशियालीमा जलेबी बाँडे।

भाजपाको हरियाणा इकाइले कांग्रेसको ट्वीटको जवाफमा लेख्यो, 'राम-राम हरियाणा, मातूराम जी(गोहाना वाले), तपाईंको जलेबी, कराई, पसल, घिउ र सम्पूर्ण सामान सुरक्षित छ, किनभने भाजपा तेस्रोपटक फर्कियो ।'

salt training

कमेन्ट गर्नुहोस्