
काठमाडौं उपत्यकाबाट बडादशैं मनाउन दैनिक १ लाखको हाराहारीमा मानिस बाहिरिन थालेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी रवीन कार्कीका अनुसार उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन र यात्रीको चाप बढेको छ ।
विगत ३ दिनदेखि दैनिक १ लाखको हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिन थालेको कार्कीले बताए ।
'आइतबार र मंगलबारको तुलनामा सोमबार र आज यात्रा गर्नेको संख्या बढी देखिन्छ,' उनले भने ।
यसबीचमा दैनिक सरदर ३० हजार मानिस राजधानी प्रवेश गरेका छन् ।
कार्कीले बसपार्क, कलंकी, बल्खु, कोटेश्वर र सीतापाइलामा सवारी र यात्रीको बढे पनि गत वर्षको दशैंमा जस्तो नाका पार गर्न घण्टौं प्रतीक्षा गर्नुनपर्ने जानकारी दिए ।
अरनिको राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र दक्षिणकाली–हेटौंडा र कान्ति राजमार्ग भएर यात्रीहरू आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।