
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँ पर्वले सम्पूर्ण नेपालीबीचको सामाजिक–सांस्कृतिक ऐक्यबद्धतालाई सुदृढ गर्दै न्यायपूर्ण‚ समतामूलक‚ सभ्य एवं सुसंस्कृत समाज निर्माणका लागि क्रियाशील रहन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छिन् ।
बडादशैँका अवसरमा शुक्रवार सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै उनले यस्तो कामना गरेकी हुन् ।
पूर्वराष्ट्रपति भण्डारीले यस वर्ष दशैँको पूर्वसन्ध्यामा आइपरेको मनसुनजन्य प्राकृतिक विपद्का कारण उत्पन्न परिस्थितिले धेरैलाई यो दशैँ अलि असहज भएको पनि बताएकी छिन् ।
‘यो दशैँ पर्वलाई हामीले आ–आफ्नो परिवेश, परिस्थिति र गच्छेअनुसार तडकभडकरहित, मितव्ययी र खुसियालीका साथ मनाउनु पर्दछ,’ शुभकामना सन्देशमा उनले भनेकी छिन् ।