१२ साउन २०८३, मंगलबार

हेटौंडाको कीटजन्य रोग नियन्त्रण केन्द्रको स्तरोन्नतिका लागि स्वास्थ्यमन्त्रीको आग्रह

असोज २९, २०८१
काठमाडौं
हेटौंडाको कीटजन्य रोग नियन्त्रण केन्द्रको स्तरोन्नतिका लागि स्वास्थ्यमन्त्रीको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले हेटौंडास्थित विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को कीटजन्य रोग नियन्त्रण अनुसन्धान तथा तालिम केन्द्रको स्तरोन्नति गरी क्षेत्रीय अनुसन्धान केन्द्रका रूपमा विकास गर्न आग्रह गरेका छन् ।

विश्व स्वास्थ्य शिखर सम्मेलनका लागि जर्मनीको बर्लिनमा रहेका उनले डब्लूएचओका महानिर्देशक डा. टेड्रोस गिब्रिएसस्सँगको भेटमा यस्तो आग्रह गरेका हुन् । 

मन्त्री पौडेलले नेपाल मात्र नभएर दक्षिणपूर्वी एसियाकै अनुसन्धान केन्द्रका रूपमा विकास गरी लाभ लिन सकिने भन्दै यसका लागि गर्नुपर्ने सहजीकरणका लागि नेपाल सधैं तयार रहेको बताए ।

जवाफमा महानिर्देशक टेड्रोसले नेपालले सङ्गठनको स्वास्थ्य लक्ष्य पूरा गर्न महत्त्वपूर्ण योगदान दिएको चर्चा गरे । साथै उनले मन्त्री पौडेलले राखेको प्रस्तावमा आफू सकारात्मक रहेको बताएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वय महाशाखा प्रमुख डा. भीम सापकोटाले जानकारी दिए ।

सम्मेलनका क्रममा मन्त्री पौडेलले विश्वव्यापी खोप अलाएन्स गाभीका कार्यकारी अधिकृत सानिया निस्तारसँग पनि भेटवार्ता गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्