३० जेठ २०८३, शनिबार
सडकबाट तल खस्यो बस

डडेलधुरामा बस दुर्घटना हुँदा दुई दिने नाबालकसहित चार जनाको मृत्यु, १२ घाइते

असोज ३०, २०८१
काठमाडौं
डडेलधुरामा बस दुर्घटना हुँदा दुई दिने नाबालकसहित चार जनाको मृत्यु, १२ घाइते

डडेलधुरामा यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

कन्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडी जाँदै गरेको ना ८ ख १०७८ नम्बरको बस गएराति अमरगढी-७ खस्रेखान भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले लोकान्तरलाई जानकारी दिए । 

उनका अनुसार दुर्घटनामा ज्यान गुमाउने चारै जना पुर्चौडी नगरपालिका–३ का हुन् । दुर्घटनामा २२ वर्षीय सहदेव बोहरा, २० वर्षीय कमला बोहरा, उनका दुई दिनको नाबालक छोरा र ४५ वर्षीय जयमती बोहराको मृत्यु भएको उनले जानकारी दिए । 

दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइतेमध्ये ११ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । एक जनालाई भने धनगढी रिफर गरिएको उनले बताए । 

बस सडकबाट करिब ३ सय मिटर तल खसेको उनको भनाइ छ । दुर्घटनाको कारण खुलिनसकेको इन्स्पेक्टर बमले बताए । 

salt training

कमेन्ट गर्नुहोस्