३२ असार २०८३, बिहीबार

कर छलेर ल्याइएका १० लाख बराबरका सामान बरामद

असोज ३०, २०८१
पर्सा
कर छलेर ल्याइएका १० लाख बराबरका सामान बरामद

सशस्त्र प्रहरी बलले विरगञ्जबाट १० लाख रुपैयाँ मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको छ । बरामद गरिएका सामानमा ‘मोटरपार्टस्, कस्मेटिक, मोबाइल एसेसरिज’छन् ।

सशस्त्र प्रहरी बलका नायब उपरीक्षक नरेन्द्रसिंह धामीका अनुसार सवारी साधनसहित भन्सार छलेर भित्र्याएका सामान भन्सार कार्यालयलाई बुझाइएको छ । 

असोज २३ गते पनि भन्सार छलेर गोदाममा राखेको २१ लाख २१ हजार आठ सय बराबरका कपडा बरामद गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्