
मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएकाे मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रा अन्तर्गत बुधबार ८ जना मानवहरुकाे उद्धार गरिएकाे छ ।
‘यो पटककाे चाडपर्वमा कसैले बस्न नपराेस् सडकपेटीमा’ भन्ने नारासहित सुरु भएकाे यात्रा ३२ दिनसम्म सञ्चालन हुनेछ । उद्धार यात्राका क्रममा उद्धार टाेली अाज सुनसरीकाे दुहबी, इटहरी, धरानका विभिन्न स्थानका सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा भेटिनुभएका मानवहरुकाे उद्धारमा खटिएकाे हाे ।
बुधबार सुनसरीकाे दुहबी नगरपालिका-७ बाट १ जना, इटहरी उपमहानगरपालिकाका विभिन्न वडाबाट ७ जना र धरानबाट ४ गरि १२ जनाकाे उद्धार भएकाे मानवसेवा अाश्रमका केन्द्रीय संस्थापक अध्यक्ष रामजी अधिकारीले बताए ।
यात्राकाे पहिलाे दिन सोमबार झापाका विभिन्न क्षेत्रबाट १०, दाेस्राे दिन ६ जना सडकअाश्रित मानवहरुकाे उद्धार गरिएकाे थियाे ।