२६ जेठ २०८३, मंगलबार

जुम्लाका ग्रामीण भेगमा विद्युत् लाइन विस्तार

कात्तिक १, २०८१
जुम्ला
जुम्लाका ग्रामीण भेगमा विद्युत् लाइन विस्तार

जुम्लाका ग्रामीण भेगमा विद्युत्‌को लाइन विस्तार गरिएको छ ।

यहाँका विभिन्न बस्तीमा अहिले राष्ट्रिय  प्रसारण लाइन विस्तारको काम धमाधम भइरहेको छ । 

कर्णालीलाई पूर्ण विद्युतीकरण गर्ने प्राधिकरणको कार्ययोजनाअनुसार यहाँका गाउँ गाउँमा प्रसारण लाइन विस्तारको काम तीव्ररूपमा भइरहेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख रामआशिष साहले जानकारी दिए । जिल्लाका ६० वडामध्ये २५ वटामा राष्ट्रिय प्रसारण लाइन विस्तार गरिएको छ । 

प्रमुख साहका अनुसार तिला गाउँपालिका–६ घोडेमा विद्युत्‌को लाइन विस्तार गरिएको छ ।

यस्तै तातोपानी गाउँपालिका–७ सुर्कीमा पनि विद्युत्‌को लाइन जोडिएको छ । एक सय ४५ परिवारको बसोबास रहेको सुर्कीमा दशैं अगाडि नै बत्ती बालिएको हो ।

पातारासी गाउँपालिका र गुठीचौर गाउँपालिकाका विभिन्न वडामा पनि विद्युत् लाइन पुर्‍याउने योजना छ । 

यस्तै  सिञ्जा गाउँपालिकाका ६ वडामध्ये तीन र पाँच नम्बर वडामा बत्ती पुगेको वितरण केन्द्रले जनाएको छ ।

गुठीचौर र कनकसुन्दरी गाउँपालिकाका सबै वडामा प्रसारण लाइन विस्तारको काम भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्