३१ जेठ २०८३, आइतबार

जलवायु न्यायबारे विश्वका नेताको ध्यानाकर्षण गराएको छु : प्रधानमन्त्री

कात्तिक १, २०८१
काठमाडौं
जलवायु न्यायबारे विश्वका नेताको ध्यानाकर्षण गराएको छु : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीलाई एउटै डिजिटल ‘पे–वाल’मार्फत अन्तर्राष्ट्रिय ख्याति प्राप्त सञ्चार संस्थाका प्रिमियम समाचार सामग्री पढ्न र हेर्न पाइने गरी नेपाल रिपब्लिक मिडिया र संयुक्त राज्य अमेरिकाको न्युयोर्क टाइम्सबीचको सहकार्यबारे अवगत गराइएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको उक्त भेटमा प्रधानमन्त्री ओलीलाई न्युयोर्क टाइम्सका अन्तर्राष्ट्रिय अध्यक्ष स्टेफन डन्बर जोन्सन, नेपाल रिपब्लिक मिडियाका अध्यक्ष विनोदराज ज्ञवालीलगायतले भेटेर नेपालको डिजिटल मिडिया क्षेत्रमा गरिएको पहिलो प्रयासबारे जानकारी गराएका हुन् ।

उक्त सहकार्यको बुधबारदेखि औपचारिक थालनी भएको थियो ।

सो अवसरमा जलवायु परिवर्तन, शैक्षिक सुधार र आर्थिक विकासमा सञ्चार क्षेत्रको भूमिकाबारे छलफलसमेत भएको थियो ।

प्रधानमन्त्री ओलीले गत महिना भएको संयुक्त राष्ट्रसङ्घको ७९औं महासभाका मञ्चमा आफूले गरेका सम्बोधनमा नेपालले कार्बन उत्सर्जनमा योगदान नगरे पनि जलवायु परिवर्तनको असर खेपिरहेकाले जलवायु न्यायका लागि क्षतिपूर्ति पाउनुपर्ने बताए ।

नेपालका हिमालको सुरक्षामा ध्यान दिन नसकिए समुद्रको तापक्रम वृद्धि हुने विषयमा गम्भीर ध्यानाकर्षण गराएको उनले स्मरण गरे । 

salt training

कमेन्ट गर्नुहोस्