२६ जेठ २०८३, मंगलबार

सामुदायिक वन अतिक्रमण गरी लगाइएको धान काटियो

कात्तिक १, २०८१
कैलाली
सामुदायिक वन अतिक्रमण गरी लगाइएको धान काटियो

कैलालीको घोडाघोडी नगरपालिका–३ बग्लैयास्थित मद्रेनिया सामुदायिक वन अतिक्रमण गरी लगाइएको धानबाली काटिएको छ ।

अतिक्रमण गरी लगाइएको धानबाली  सामुदायिक वनले काटेको वनका अध्यक्ष हरिराम डगौँराले जानकारी दिए । सामुदायिक वनको तीन हेक्टर जमिन अतिक्रमण गरी धान बाली लगाइएको थियो । अतिक्रमण नगर्न पटक पटक आग्रह गर्दा पनि नमानेपछि लगाइएको धान बाली नै काट्नु परेको उनको भनाइ छ । 

अध्यक्ष डगौँराका अनुसार उक्त धान बेचेको रकम सामुदायिक वनको कोषमा राखिने छ । धान बाली काट्न सामुदायिक वनका पदाधिकारी, उपभोक्ता र डिभिजन वन कार्यलय पहलमानपुरको सशस्त्र वन रक्षक टोलीले सहयोग गरेको थियो । सो वन २०७८ सालदेखि अतिक्रमणको चपेटामा पर्दैआएको थियो । सामुदायिक वनले चालेको कदम उपयुक्त भएको डिभिजन वन कार्यालय पहलमानपुरका निमित्त प्रमुख सुरेन्द्र कठायतले बताए। 

salt training

कमेन्ट गर्नुहोस्