
सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम गरेको छ ।
विक्रम संवत् २०७४ कात्तिक २ गतेबाट व्यावसायिक कारोबार शुरू गरेको कम्पनी आठौं वर्षमा प्रवेश गरेको छ ।
सिटिजन लाइफले ‘समृद्धि तपाईंको, साथ हाम्रो’ भन्ने नाराका २०७४ भदौ ७ गतेको दिन जीवन बीमा व्यवसाय गर्न इजाजत प्राप्त गरेको थियो ।
कम्पनीले हाल प्रधान कार्यालयसहित १३६ शाखा तथा उपशाखा कार्यालयमार्फत आधुनिक प्रविधिको प्रयोग गरी गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।
सिटिजन लाइफले आफ्नो सातौं वार्षिकोत्सवको सुनौलो अवसरमा सप्ताह व्यापी कार्यक्रम आजबाट शुरू गरेको छ ।
कम्पनीले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ । यस वार्षिकोत्सवमा पनि, एक सप्ताह चल्ने गरी संस्थागत सामाजिक उत्तरदायित्वसँगै अन्य विभिन्न कार्यक्रमहरू सञ्चालन हुने कम्पनीले जनाएको छ ।
यस वर्ष विशेष प्राथमिकतामा बीमा सचेतना कार्यक्रम राखिएको छ ।