![कहीँ नभएको जात्रा हाँडी गाउँमा ! [फोटो फिचर]](https://lktcdn2.prixacdn.net/media/hadigau_jatra_11_c3MP9hqWNu.jpg)
‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ जात्रा निकालिएको छ । हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्टबाट यो जात्रा निकालिन्छ । यो जात्रा तीन दिनसम्म मनाउने गरिन्छ ।

कहीँ नभएको जात्रा हाँडीगाउँमा मनाउनुपर्ने मुख्य तीन वटा कारण रहेको हाँडीगाउँका स्थानीयवासी बताउँछन् । अन्य रथहरू देवतालाई भित्र राखेर गजुरमाथि हुन्छ । तर, हाँडीगाउँको जात्रामा गजुर मुनि र देवता माथि रहने गर्दछन् ।

यसैगरी, कहीँ पनि नपाउने एक विशेष प्रजातिको फूल (सी स्वाह) हाँडीगाउँको जात्रामा चाहिन्छ।
स्थानीयका अनुसार यो जात्रा लिच्छिवीकालका राजाले शुरू गरेको विश्वास रहिआएको छ । किंवदन्तीका अनुसार कुनै समयमा एक राजाका दुई छोरी थिए । उनीहरूको एकै समयमा सुत्केरी हुने समय भयो ।

दिदीले सुत्केरी गराउन नारायण भगवानको शक्ति आवश्यक रहेको बताए पनि बहिनीले यस कुरामा विश्वास गरेकी थिएनन् । जसकारण दिदीले सफलतापूर्वक सन्तानलाई जन्म दिए पनि बहिनीको १२ वर्षसम्म पनि सन्तानलाई जन्म दिन सकेकी थिएनन् ।

यसको कारण खोज्दै जाँदा रिसाएका नारायण भगवान् हिमालमा तपस्या गरेर बसेका थिए । उक्त भगवानलाई प्रसन्न पार्न कहीँ नभएको जात्रा गरेपछि मात्रै बहिनीले सफलतापूर्वक सुत्केरी गराउन सफल भएका थिए भन्ने विश्वास छ ।





