सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई प्रहरीले आइतबारमात्रै अदालतमा उपस्थित गराउने भएको छ ।
आज सार्वजनिक बिदा भएकाले प्रहरीले आइतबार उनलाई अदालतमा उपस्थित गराउन लागेको हो ।
जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै शुक्रबार उनी काठमाडौँबाट पक्राउ गरेका थिए । पक्राउ परेसँगै प्रहरीले रातारात लामिछानेलाई सडकमार्ग हुँर्द पोखरा लगेको हो।
लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको प्रहरीले जनाएको छ । लामिछान पक्राउ परेपछि रास्वपाका नेता कार्यकर्ता आक्रोशित बनेका छन् ।