२४ जेठ २०८३, आइतबार

महिला टी-२० वर्ल्डकप : उपाधिका लागि न्युजिल्यान्ड र दक्षिण अफ्रिका भिड्ने

कात्तिक ३, २०८१
काठमाडौं
महिला टी-२० वर्ल्डकप : उपाधिका लागि न्युजिल्यान्ड र दक्षिण अफ्रिका भिड्ने

महिला टी-२० वर्ल्डकपको उपाधिका लागि न्युजिल्यान्ड र दक्षिण अफ्रिका भिड्ने भएका छन् । फाइनल खेल आइतबार हुने छ । 

वेस्ट इन्डिजलाई ८ रनले पराजित गर्दै न्युजिल्याण्डले फाइनलमा स्थान सुरक्षित गरेको छ । न्युजिल्याण्ड १४ वर्षपछि पहिलो पटक महिला टी-२० विश्वकपको फाइनलमा पुगेको हो । 

शारजाहमा भएको खेलमा न्युजिल्याण्डले दिएको १२८ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा १२० रन मात्रै बनाउन सक्यो । 

न्युजिल्यान्ड सन् २०१० यता पहिलो पटक यस विश्वकपको फाइनल पुगेको हो । दक्षिण अफ्रिका भने गत वर्षको फाइनलमा अस्ट्रेलियासँग नै पराजित रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्