
आज पनि देशैभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले आज पनि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागेको हो ।
महाशाखाले हिजो पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाएको थियो ।
यसका लागि सात सय ५३ स्थानीय तहका पायकपर्ने स्थान विद्यालय, वडा कार्यालयमा स्वस्थ्य स्वयंसेविकालाई परिचालन गरिएको छ ।
राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत हरेक वर्ष ६ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल तथा एक वर्षदेखि पाँच वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाइने गरिएको छ ।