०१ असार २०८३, सोमबार

प्रहरीको थुनामा रहेका एक जना बाथरुममा मृत भेटिए

कात्तिक ३, २०८१
चितवन
प्रहरीको थुनामा रहेका एक जना बाथरुममा मृत भेटिए

इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको थुनामा रहेका एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । 

आपराधिक लाभ कसुर मुद्दामा कात्तिक १ गते पक्राउ परेका रत्ननगर नगरपालिका–१३ का ४५ वर्षीय महमद क्यामोदिन थुनुवा कक्षको बाथरुममा मृत अवस्थामा भेटिएका हुन् ।

आज बिहान ४:४५ बजे बाथरुमको ढोका छेउमा घोप्टो परेको अवस्थामा भेटिएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार उनलाई बिहान ६ बजे मृत घोषणा गरिएको हो ।
    
क्यामोदिनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्