१२ साउन २०८३, मंगलबार

इजरायली हवाई आक्रमणमा ३३ प्यालेस्टाइनीको मृत्यु

कात्तिक ३, २०८१
काठमाडौं
इजरायली हवाई आक्रमणमा ३३ प्यालेस्टाइनीको मृत्यु
फाइल तस्वीर

उत्तरी गाजा पट्टीको जबलिया शिविरमा इजरायले गरेको हवाई आक्रमणमा परी कम्तीमा ३३ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २१ जना महिलासमेत रहेका छन् । आक्रमणमा ८५ जनाभन्दा बढी घाइते भएको र केहीलाई गम्भीर चोट लागेको सञ्चारमाध्यमले जनाएको छ ।

इजरायली सेनाले जबलिया शिविरका धेरै घरहरूमा बमबारी गरेको बताइएको छ । इजरायली सेनाले यस घटनाबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन् ।

सन् २०२३ अक्टोबर ७ इजरायलले दक्षिणी इजरायली सीमाबाट हमासको घुसपैठको बदला लिन गाजा पट्टीमा हमास विरुद्ध ठूलो आक्रमण शुरू गर्‍यो जसमा लगभग एक हजार दुई सय मानिसहरू मारिए र लगभग २५० बन्धक बनाइयो ।

गाजा पट्टीमा जारी इजरायली हमलाबाट प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या ४२ हजार ५०० पुगेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्