१० साउन २०८३, आइतबार

इजरायलद्वारा बेत लाहियाको अस्पतालमा आक्रमण

कात्तिक ३, २०८१
काठमाडौं
इजरायलद्वारा बेत लाहियाको अस्पतालमा आक्रमण

गाजापट्टी– इजरायली सेनाले शनिवार गाजाको उत्तरी क्षेत्रस्थित बेत लाहियाको इन्डोनेसियाली अस्पताललाई घेरा बन्दी गरी आक्रमण गरेको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।  

इजरायलले अस्पताललाई पूर्णरुपमा घेरी बिजुली लगायतका सेवा अवरुद्ध गरी अस्पतालका भवनहरूलाई निशाना बनाएर आक्रमण गरेको स्वास्थ्य सेवा निर्देशक मारवान सुल्तानले बताएका छन् । उनका अनुसार आक्रमणका कारण उक्त क्षेत्रका चिकित्सा कर्मचारी तथा बिरामीहरू गम्भीर जोखिममा रहेका छन् । 

गाजाको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इजरायलले अस्पतालका भवनहरूमा  लक्षित गरी गरिएको आक्रमणमा मेडिकल स्टाफका अतिरिक्त ४० जनाभन्दा बढी बिरामी  घाइते भएको जनाएको छ । अस्पताल क्षेत्रमा भएको खतरनाक आक्रमणले बिरामी तथा स्वास्थ्य कर्मचारीहरूमा ठूलो त्रास  निम्त्याएकोसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

यस महिनाको शुरूमा उत्तरी गाजामा नयाँ आक्रमण शुरू गरेको इजरायलले पुनः समूहबद्ध भएका हमास लडाकुलाई लक्षित गरेको जनाइएको छ ।  

गाजाको नागरिक सुरक्षा एजेन्सीले यसअघि नजिकैको जबालियामा भएको इजरायली हमलामा ३३ जनाको मृत्यु भएको जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला एजेन्सीले उत्तरी गाजामा सर्वसाधारणले सामना गरिरहेको डरलाग्दो र खतरनाक अवस्थाबारे चेतावनी जारी गर्दै यहाँका बासिन्दाहरू निरन्तरको आक्रमणका कारण पीडादायी अवस्थाको बीचमा बाँच्न बाध्य रहेको शुक्रवार जनाएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्