
गत असोज महिनामा ३० हजार सात सय ३२ जना विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् ।
पदयात्राका लागि प्रख्यात उक्त क्षेत्रमा असोज महिनाभर दक्षिण एसियाली मुलुकका ११ हजार नौ सय ८५ र अन्य मुलुकका १८ हजार सात सय ४७ पर्यटक भित्रिएका हुन् । असोजयता पर्यटकको आउजाउ बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख डा रबिन कडरियाले बताए ।
उनका अनुसार गत भदौमा ‘सार्क’ क्षेत्रका सात हजार तीन सय ६९ र अन्य देशका पाँच हजार नौ सय एकजना गरी जम्मा १३ हजार दुई सय ७० पर्यटकले त्यस क्षेत्रको भ्रमण गरेका थिए । असोजदेखि मङ्सिरसम्म मुख्य पर्यटकीययाम रहेकाले यस अवधिमा पर्यटकको सङ्ख्या थप बढ्ने आयोजना प्रमुख डा कडरियाको भनाइ छ ।