२७ जेठ २०८३, बुधबार

गैरआवासीय नेपाली संघको बैठक बस्दै

कात्तिक ४, २०८१
काठमाडौं
गैरआवासीय नेपाली संघको बैठक बस्दै

 गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठक आइतवार  बस्ने भएको छ।

संघका महासचिव गौरीराज जोशीका अनुसार यो बैठक संघको वार्षिक साधारणसभा लगायत विभिन्न महत्वपूर्ण विषयमा छलफल गर्न भरर्चुअल माध्यमबाट आयोजना गरिएको हो। 

आगामी अक्टोबर २७ तारिखदेखि काठमाडौंमा सुरु हुने संघको वार्षिक साधारणसभालाई केन्द्रमा राख्दै बैठकमा तयारी र अन्य एजेन्डाहरुमा व्यापक छलफल हुने बताइएको छ।

यस बैठकमा संघको आर्थिक स्थिति, वार्षिक प्रतिवेदन, र अन्य रणनीतिक विषयहरुमा समेत चर्चा गरिनेछ। यो एनआरएनए केन्द्रीय समितिको १०० औं बैठक हो, जसमा संघको भावी योजना र गतिविधिहरूको समीक्षा गरिने अपेक्षा छ।

salt training

कमेन्ट गर्नुहोस्