२६ जेठ २०८३, मंगलबार

म्याद थपका लागि रवि लामिछानेलाई जिल्ला अदालत पुर्‍याइयो, बाहिर कार्यकर्ताको नाराबाजी

कात्तिक ४, २०८१
पाेखरा
म्याद थपका लागि रवि लामिछानेलाई जिल्ला अदालत पुर्‍याइयो, बाहिर कार्यकर्ताको नाराबाजी

सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई जिल्ला अदालत कास्की पुर्‍याइएको छ ।

आइतबार दिउँसो १ बजेर २० मिनेटमा लामिछानेलाई अदालत लगिएको हो । 

सहकारी ठगीको अनुसन्धानका लागि लामिछानेलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरिएको थियो ।

लामिछानेलाई अदालत लैजाँदा बाहिर रास्वपा कार्यकर्ताले नाराबाजी गरेका छन् । ​

सूर्यदर्शनलगायत सहकारीको पैसा गोरखा मिडियामा ल्याएर दुरूपयोग गरेको भन्दै संसदीय छानबिन विशेष समितिले रवि लामिछानेसहित ४ जनालाई कारबाही गर्न सिफारिश गरेको थियो ।

गोरखा मिडिया नेटवर्कका अर्का सदस्य छबिलाल जोशी बञ्जाडे झण्डै एक महिनादेखि प्रहरी हिरासतमा छन् ।

लामिछानेले सहकारी ठगीमा आफूले संसदीय छानबिन समितिबाट ‘क्लिन चीट’ पाएको दाबी गर्दै आएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्