
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४७ अङ्कले घटेको छ ।
साताको पहिलो कारोबारका दिन नेप्से परिसूचक ४७.४४ अङ्कले घटेर २६९७.९१ को विन्दुमा अडिएको हो ।
यस दिन बजारमा २ करोड ८ लाख ६८ हजार ९१९ कित्ता शेयरको खरिदबिक्री हुँदा ८ अर्ब १८ करोड २ लाख ६२ हजार रुपैयाँको कारोबार भएको छ ।
गत साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक २.४७ अङ्कले बढेर २७४५.३६ को विन्दुमा अडिएको थियो ।
यस दिन बजारमा १ करोड ८८ लाख ७ हजार ४९२ कित्ता शेयरको खरिदबिक्री हुँदा ७ अर्ब १९ करोड २७ लाख ९२ हजार रुपैयाँको कारोबार भएको थियो ।
दोहोरो अङ्कले घटेको बजारमा केथुली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
इस्र्टन हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १० प्रतिशतले घटेको छ ।
आइतबार उपसमूहतर्फका सबै सूचकहरू घटेका छन् ।