
कुवामा डुबेर एक जनाको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–२ कुमलगडी निवासी २९ वर्षीय रजमान चौधरीको आज बिहान कुवामा डुबेर मृत्यु भएको हो ।
आफ्नै घरको कुवामा डुबेको अवस्थामा चौधरी मृत फेला परेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
कुवाबाट पानी तान्ने क्रममा रजमान डुबेपछि चौधरीकी भाउजू आँसी चौधरीले प्रहरीलाई खबर गरेकी थिइन् ।